यौन अपराधमा दोषी देखिए पछि अष्ट्रेलियाका सांसदले दिए राजिनामा
मेरोन्यूज
२०८२ साउन २५ गते ७:४१

सिडनी। अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर भएपछि राजीनामा दिएका छन् ।
उनका पूर्व सहकर्मीहरूले उनलाई संसदबाट निष्कासन गर्न मतदान गर्ने तयारी गरिरहेका बेला यो कदम चालिएको हो।
ग्यारेथमाथि दुई युवकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनले २०१३ मा एक १८ वर्षीय युवा र २०१५ मा एक कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनको सजाय सेप्टेम्बरमा तोकिएको छ, जसमा उसले १४ वर्ष जेल सजाय भोग्न सक्छ।
मुख्यमन्त्री क्रिस मिन्सले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहर भएका व्यक्तिले संसदमा बसेर तलब लिन पाउँदैनन् । जेलबाट समाजको प्रतिनिधित्व कसरी हुन्छ ?’
ग्यारेथ सन् २०११ देखि कियामा सिटका सांसद थिए। उनको राजीनामापछि अब उपनिर्वाचनको मिति तय हुनेछ।
सम्बन्धित
















Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया