शनिबार, चैत २८, २०८२

यौन अपराधमा दोषी देखिए पछि अष्ट्रेलियाका सांसदले दिए राजिनामा

मेरोन्यूज २०८२ साउन २५ गते ७:४१

सिडनी। अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर भएपछि राजीनामा दिएका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

उनका पूर्व सहकर्मीहरूले उनलाई संसदबाट निष्कासन गर्न मतदान गर्ने तयारी गरिरहेका बेला यो कदम चालिएको हो।

ग्यारेथमाथि दुई युवकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनले २०१३ मा एक १८ वर्षीय युवा र २०१५ मा एक कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनको सजाय सेप्टेम्बरमा तोकिएको छ, जसमा उसले १४ वर्ष जेल सजाय भोग्न सक्छ।

मुख्यमन्त्री क्रिस मिन्सले भने, ‘गम्भीर यौन अपराधमा दोषी ठहर भएका व्यक्तिले संसदमा बसेर तलब लिन पाउँदैनन् । जेलबाट समाजको प्रतिनिधित्व कसरी हुन्छ ?’

ग्यारेथ सन् २०११ देखि कियामा सिटका सांसद थिए। उनको राजीनामापछि अब उपनिर्वाचनको मिति तय हुनेछ।

प्रतिक्रिया