कस्तो छ रवि बसेको कारागार ? यसो भन्छ मानव अधिकार आयोग

भैरहवा । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको कारागारको निरीक्षण गरेको छ ।
आयोगका सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोलीले जेलरसँगै कारागारको अनुगमन गरेको हो ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त थापाले रवि लामिछानेले पत्रपत्रिका पढ्न नपाएको, उनी बसेको कोठाको झ्याल पूर्णरुपमा बन्द गरिएको जानकारी गराइन्।
‘कैदीबन्दी राखेपछि उसको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ। हावा नजाने कोठामा राखेर हुँदैन। सुरक्षाका कारण बन्द गरिएको भनिएको छ। कैदीबन्दीको जिम्मा सरकारले राख्नुपर्छ। त्यो नभएको पायौँ,’ थापाले भनिन्, ‘उहाँले आफ्नो अधिकार पाउनु भएको छ छैन भन्ने चासो लिएर निरीक्षण गरियो। बाहिर आएर स्वच्छ हावा लिन पाउने, पत्रपत्रिका पढ्न पाउने कुरा छ त्यसमा मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। मेन कुरा भनेको १०० बढी कोठाबाहिर हिँडडुल गर्न पाउनु भएको छैन भन्ने आयो।’
रवि लामिछानेलाई कारागारमा ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ। त्यो कोठामा अट्याच शौचालय भए पनि खुला रहेको उनले बताइन्।
कारागारमा कैदीहरुलाई राखिसकेपछि उनीहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको थापाकाे भनाइ छ। त्यस्तै रवि लामिछानेले कारगार स्थानान्तरणको लागि निवेदन दिएर अदालतले समेत अनुमति दिइसकेको अवस्थामा यहीँ राखिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ‘अर्को ठूलो कुरा बन्दी ले नै स्थानान्तरण गर्न पाउँ भन्दा अदालतले अनुमति नै दिदा पनि अर्को ठाउँ स्थानान्तरण गर्न नसक्नुका पछाडी के छ भन्ने कुरामा आयोग गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको मोबिलिटीको जुन राइट छ, बाहिर आएर स्वच्छ हावा लिन पाउनुपर्ने, बाहिर हिडडुल गर्न पाउनुपर्ने, पत्रपत्रिका पढ्न पाउनुपर्ने त्यस्ताे छैन र अदालतबाट स्थानन्तरणको लागि अनुमति पाइसकेपछि यहीँ राखिरहनुले चै के कारणले हो भन्नेमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
















यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया