नाडा र एनएभिटीबीच सीप विकास तालिम सम्झौता

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न “राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१” मा आमन्त्रित हुने अवसर प्राप्त हुँदा आफूलाई अत्यन्त गौरवान्वित महसूस गरेको बताएका छन्।
अध्यक्ष चौधरीले उक्त सम्मेलनमा अटोमोबाइल उद्योगमा सीप विकास तथा रोजगारी वृद्धिसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गर्ने अवसर प्राप्त हुनु यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले राष्ट्रिय सीप विकास प्रतिष्ठान (NAVT) र नाडा (NADA) बीच अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सबै जनशक्तिको सीपस्तर अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए।
उनले यस समझदारीपत्रले अटोमोबाइल व्यवसायीहरू र यस क्षेत्रमा कार्यरत सबैलाई प्रत्यक्ष लाभ पुग्ने पूर्ण विश्वास व्यक्त गरेका छन्।
सम्मेलनले अटोमोबाइल क्षेत्रमा सीप विकास र रोजगारीका अवसरहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको उनले बताए ।















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया