नाडा र एनएभिटीबीच सीप विकास तालिम सम्झौता

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न “राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१” मा आमन्त्रित हुने अवसर प्राप्त हुँदा आफूलाई अत्यन्त गौरवान्वित महसूस गरेको बताएका छन्।
अध्यक्ष चौधरीले उक्त सम्मेलनमा अटोमोबाइल उद्योगमा सीप विकास तथा रोजगारी वृद्धिसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गर्ने अवसर प्राप्त हुनु यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले राष्ट्रिय सीप विकास प्रतिष्ठान (NAVT) र नाडा (NADA) बीच अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सबै जनशक्तिको सीपस्तर अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए।
उनले यस समझदारीपत्रले अटोमोबाइल व्यवसायीहरू र यस क्षेत्रमा कार्यरत सबैलाई प्रत्यक्ष लाभ पुग्ने पूर्ण विश्वास व्यक्त गरेका छन्।
सम्मेलनले अटोमोबाइल क्षेत्रमा सीप विकास र रोजगारीका अवसरहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको उनले बताए ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया