नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : महामन्त्री थापा

पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताएका छन् ।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा महामन्त्री थापाले गलत र मिथ्या सूचना र डिजिटल मञ्चहरुको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित गर्नेमा ध्यान दिने बताए।
‘जिम्मेवार र बुझ्न सक्ने जमात तयार गर्यौँ भने राम्रो समाज बन्छ, हामी नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ, आजको कार्यक्रमले हामी सबैलाई प्रेरित गरेको छ, डिजिटल माध्यमको सदुपयोगका विषयमा हुने यस्ता गहन छलफलले तल्लो तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने जमात तयार हुनेछ’, उनले भने। उनले जबसम्म नागरिकले कुन सूचना कसले मलाई किन दियो भन्ने छुट्याउन सक्दैनन्, तबसम्म समस्या आइरहने बताए।
संविधानसभा सदस्य एवं विभागका सदस्य दीपकप्रसाद कुइँकेलले डिजिटल माध्यम मानिसको जीवन पद्धतिसँग जोडिएको भन्दै यसको प्रयोगमा सचेत र सजग हुनुपर्नेमा जोड दिए ।
















भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया