बिहीबार, मंसिर ११, २०८२

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८२ साउन ३० गते ११:११

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार ३४० रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया