टप टी-२० सिरिजकाे दोस्रो खेलमा आज नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं । अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले दोस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो।
पहिलो जितको खोजीमा रहेको नेपालको यो खेल शुक्रबार दिउँसो २ः१५ बजे सुरु हुनेछ।तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया