बङ्गलादेशले नेपाललाई दियो एक सय ८४ रनको लक्ष्य
मेरोन्यूज
२०८२ साउन ३१ गते १८:१४

काठमाडौँ । स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको हो ।
बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
नेपाल आज पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
सम्बन्धित

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया