बङ्गलादेशले नेपाललाई दियो एक सय ८४ रनको लक्ष्य
मेरोन्यूज
२०८२ साउन ३१ गते १८:१४

काठमाडौँ । स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको हो ।
बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।
नेपाल आज पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया