साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
मेरोन्यूज
२०८२ भदौ ४ गते १८:०२

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई÷दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।
डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् । जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ ।
सम्बन्धित














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
प्रतिक्रिया