प्रोटोन नेपालको नयाँ किर्तिमान, पोखरामा १० वटा इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ ।
समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनको बढ्दो उपस्थिति देखाएको छ ।
पोखरामा आयोजित उक्त कार्यक्रमले प्रोटन इमास ७ प्रति ग्राहकहरूको अपार विश्वास देखिएको छ, जो पूर्ण रूपमा विद्युतीय एसयूभी हो, जसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ ल्याएको छ । सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले भने , ‘आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले यातायातको भविष्यलाई अँगालेका छन् र स्वच्छ तथा स्मार्ट यातायाततर्फको यस यात्रामा प्रोटन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ । यो त (हरित नेपाल) ग्रिनर नेपालको दिशामा हाम्रो यात्राको सुरुवात मात्र हो ।’
प्रोटन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर, गाडी भित्र प्रशस्त स्थान, उन्नत सुरक्षा प्रविधि तथा उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीसहितका प्रिमियम विशेषताले देशभरका ग्राहकको मन जित्न थालिसकेको छ । अब पोखराका ग्राहकहरू उत्सर्जन-रहित सवारीको सुखद अनुभव गरिरहेकै प्रोटन समुदायमा सहभागी हुँदैछन् ।
कार्यक्रमले ग्राहक केन्द्रित पहलहरूप्रति प्रोटनको प्रतिबद्धतालाई पनि दर्शाउँछ, जसमा आकर्षक फाइनान्सिङ योजना, भरपर्दो आफ्टर सेल्स सपोर्ट र विद्युतीय सवारी साधनको स्वामित्वलाई सहज र लाभदायक बनाउने जस्ता दृष्टिकोण समावेश छन् । प्रोटन नेपालले देशभर शोरूम र सेवा सञ्जाल विस्तार गर्दै आफ्नो उपस्थिति फैलाउँदै जाँदा, कम्पनीको ध्यान अझ धेरै नेपाली परिवार र व्यवसायहरूलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ रूपान्तरण गर्न सहज बनाउनेतर्फ केन्द्रित बनेको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया