फोर्थिङ फ्राइडेले ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ : नेपाली ग्राहकहरूलाई ५ वर्षे विशेष अफर

काठमाडौँ। नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (इभि) फोर्थिङ फ्राइडे ले “फ्राइडे टु फ्राइडे, २०२५ – २०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीको भनाई छ ।
नेपालमा फोर्थिङ फ्राइडे इभिलाई लक्ष्मी ई-मोबिलिटी प्रा.लि., प्रतिष्ठित लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।
फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधा
५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स – थप वित्तीय सुरक्षाको लागि।
६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा – निश्चिन्त सवारी मर्मतका लागि।
हरेक खरिदमा ७ किलोवाट चार्जर – घरमै सजिलो चार्जिङ समाधानका लागि।
लक्ष्मी ई–मोबिलिटीका अनुसार “फ्राइडे टु फ्राइडे अफर हाम्रो ग्राहकहरूको लागि इभि स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। हामी विश्वास गर्छौं, यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ।”
उक्त अफरसँगै, फोर्थिङ फ्राइडे ले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इभि ब्रान्डको रूपमा स्थापित गरेको छ।
लक्ष्मी ई(मोबिलिटी प्रालि, लक्ष्मी समूहअन्तर्गतको एक कम्पनी हो, जसले नेपालमा फोर्थिङ फ्राइडे इभि को आधिकारिक वितरण गर्छ।
कम्पनीले नेपाली बजारका लागि नवप्रवर्तनात्मक, वातावरणमैत्री, र भविष्य–उन्मुख गतिशीलता समाधान ल्याउने प्रतिबद्धता बोकेको छ।
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया