फोर्थिङ फ्राइडेले ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ : नेपाली ग्राहकहरूलाई ५ वर्षे विशेष अफर

काठमाडौँ। नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (इभि) फोर्थिङ फ्राइडे ले “फ्राइडे टु फ्राइडे, २०२५ – २०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीको भनाई छ ।
नेपालमा फोर्थिङ फ्राइडे इभिलाई लक्ष्मी ई-मोबिलिटी प्रा.लि., प्रतिष्ठित लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।
फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधा
५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स – थप वित्तीय सुरक्षाको लागि।
६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा – निश्चिन्त सवारी मर्मतका लागि।
हरेक खरिदमा ७ किलोवाट चार्जर – घरमै सजिलो चार्जिङ समाधानका लागि।
लक्ष्मी ई–मोबिलिटीका अनुसार “फ्राइडे टु फ्राइडे अफर हाम्रो ग्राहकहरूको लागि इभि स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। हामी विश्वास गर्छौं, यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ।”
उक्त अफरसँगै, फोर्थिङ फ्राइडे ले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इभि ब्रान्डको रूपमा स्थापित गरेको छ।
लक्ष्मी ई(मोबिलिटी प्रालि, लक्ष्मी समूहअन्तर्गतको एक कम्पनी हो, जसले नेपालमा फोर्थिङ फ्राइडे इभि को आधिकारिक वितरण गर्छ।
कम्पनीले नेपाली बजारका लागि नवप्रवर्तनात्मक, वातावरणमैत्री, र भविष्य–उन्मुख गतिशीलता समाधान ल्याउने प्रतिबद्धता बोकेको छ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया