कोरिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने पक्राउ
मेरोन्यूज
२०८२ भदौ ५ गते १९:३२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका-(१ घर भई काठमाडौँ महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितबाट कोरिया पठाइदिन्छु भनी १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया