वीरगन्जमा टाटा ईभी अटो शो सुरु

वीरगन्ज । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा वीरगन्जमा ‘टाटा ईभी अटो शो’ सुरु गरेको छ।
तीन दिनसम्म चल्ने यो अटो शो अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा आयोजना गरिएको हो। प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।
कार्यक्रममा टाटाका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि विशेष अफर घोषणा गरिएको छ। अफरअन्तर्गत फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, एसेसोरिज, वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसन र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा समावेश छन्।
अटो शोमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev मोडलहरू प्रदर्शनीमा राखिएका छन्। साथै, आगन्तुकलाई लक्षित गर्दै फूड स्टल, रमाइलो खेलकुद गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्, जसले यसलाई केवल प्रदर्शनी नभई उत्सवको रूपमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ।
















सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया