कैलाली उद्योग वाणिज्य संघको सचिवमा कोपिला कुँवरको स्वतन्त्र उम्मेद्वारी घोषणा

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी यही भदौ २८ गते निर्वाचन हुँदै छ। निर्वाचनका लागि दिनहुँ चुनावी माहोल तात्न थालेको छ।
संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा र पूर्वमहासचिव रुपेस स्वाँर नेतृत्वका लागि टिमसहित चुनावी प्रतिस्पर्धामा देखिएका छन्।
यहीबीच केही व्यवसायी असन्तुष्ट पनि देखिएका छन्। त्यस्ता व्यक्तिहरूले आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणासमेत गरिरहेका छन्। तिनै मध्यकि एक हुन् कोपिला कुँवर। उनले सचिव पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकी छन्।
उनी धनगढी-४ गोलमार्केट (बसपार्क)स्थित न्यू कोपिला शुज सेन्टरकी सञ्चालक हुन्। कुँवरले यसअघि कैलाली उद्योग वाणिज्य संघमा दुई कार्यकला सदस्य पदमा रहेर काम गरिसकेकी छन्।
उनले महिलाहरूलाई पदाधिकारीमा प्रतिस्पर्धा गराउन नचाहने पुरुष मानसिकताविरुद्ध आफ्नो उम्मेदवारी भएको बताएकी छन्। ‘मेरो सुरुदेखि नै सचिवमा अडान थियो। तर, उहाँहरूले मेरो अडानलाई नजरअन्दाज गर्नु भयो। तीन कार्यकाल सदस्यमा मात्रै सीमित हुन मन नभएकाले मैले सचिव पदमा स्वतन्त्र रुपमै भए पनि प्रतिस्पर्धा गर्न खोजेकी हुन्’, उनले भनिन्।
उनले आफू सचिवमा निर्वाचित हुँदा महिला व्यवसायीहरूको आवाज कैलाली उद्योग वाणिज्य संघमा बुलन्द हुने विश्वास लिएकी छन्। ‘म स्पष्ट धारणा राख्न सक्ने युवा व्यवसायी हुँ। हाम्रो समाजमा अहिले पनि महिला व्यवसायीहरू धेरै अगाडि बढ्न सक्नु भएको छैन। उहाँहरूको हकहितमा थुप्रै काम गर्नुपर्ने छन्। म निर्वाचित हुँदा उहाँहरूको पक्षमा काम गर्ने छु। यसले युवा तथा महिला उद्यमी तथा सुदूरपश्चिमका महिला पनि नेतृत्व तहमा जान सक्षम छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नेछ,’ उनले भनिन्।
संघमा हुने आर्थिक क्रियाकलाप, सदस्यता नविकरणलगायतका क्षेत्रमा पारदर्शीता कायम गरी नियमित सार्वजिक गर्न अहम भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता रहेको छ।
‘कैलाली उद्योग वाणिज्य संघमा भएका अनियमितता, विसंगती र बेथितिको भण्डाफोर गरी सबै व्यापारीको साझा र सशक्त संस्थाका रुपमा स्थापित गर्न प्रतिवद्ध रहने छु। स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको संरक्षण र प्रवर्द्धन गर्न काम गर्ने छु,’ उनले भनिन्।
यस्तै उनले युवा उद्यमी तथा नवप्रवर्तनलाई विकास एवं प्रवर्द्धन गर्न भूमिका खेल्ने बताएकी छन्। सरकारी संयन्त्रसँग निरन्तर सहकार्य र समन्वयमा व्यावसायिक हकहितको लागि वहस र पैरवी गर्न अग्रणी भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता छ।
‘उपभोक्ता अधिकार संरक्षण तथा बजारमा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न, संस्थाले आयोजना गर्दै आएको मेला महोत्सवमा स्थानीय सिप, उत्पादन र व्यवसायलाई पहिलो प्राथमिकता दिन मेरो सचिवमा दावेदारी हो,’ उनले भनिन्।
यसका साथै उनले संकटमा परेका ब्यापारिको व्यवस्थापनको लागि अक्षयकोषको स्थापना गर्न पनि आफूले भूमिका खेल्ने बताएकी छन्। ‘स्थानीय उत्पादनलाई जोड दिने छु। समूहगत रुपमा स्थानीय उधोगीलाई महोत्सवमा नि:शुल्क रुपमा स्टल प्रदान गरि उत्पादित बस्तुको बजारिकरणमा महत्त्व दिइने छ। महोत्सवमा स्थानीय कला, साहित्यलाई प्राथमिकतामा राखिने छ,’ उनले भनिन्।
कुँवरसँग अन्य संघ संस्थामा काम गरेको अनुभव पनि रहेको छ। उनीसँग होलसेल व्यवसायी संघको कोषाध्यक्ष हुँदै दुई कार्यकाल सचिव पदमा काम गरेको अनुभव रहेको छ। आफू सक्षम उम्मेद्वार भएकाले सबै साथ पाउने कुँवरले विश्वास व्यक्त गरेकी छन्।

















जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया