हत्यामा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ

स्याङ्जा। वालिङ नगरपालिका–५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ परेको पनि छ ।
पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका–६ बस्ने २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् ।
वालिङ नगरपालिका–५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढालबहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, स्याङ्जाबाट १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।
















नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया