राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेको मात्रै मनोनयन दर्ता भएको छ।
मंगलबार समिति सभापतिका लागि मनोनयन दर्ताको समयावधि तोकिएकोमा न्यौपानेको मात्रै उम्मेद्वारी परेको हो। न्यौपानेको मनोनयन प्रस्तावकमा सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्ण गोपाल श्रेष्ठ रहेका छन्। एकल उम्मेदवारी परेपछि न्यौपाने समितिको सभापतिमा निर्विरोध भएकी छन्। यद्यपि, सभापतिमा निर्वाचित भएको घोषणा भने बुधबार बस्ने समितिको बैठकले गर्नेछ।
मनोनयन दर्ता गरेपछि न्यौपानेले पार्टीको निर्देशन अनुसार आफूले सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति पदमा मनोनयन दर्ता गरेको जानकारी दिइन्।
राज्य व्यवस्था समितिमा यसअघि घटेको घटना दोहरिन नदिने गरि सवैलाई विश्वासमा लिएर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने उनले बताइन्।
राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गर्नुअघि मंगलबार नै न्यौपानेले संसदीय सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। कुलिङ अफ् पिरियड छेडखानी प्रकरणमा बिशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि यसअघिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया