फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
मेरोन्यूज
२०८२ भदौ ११ गते १९:४४

काठमाडौं । भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।
भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्रचार गरेको थियो । निर्णय कार्यन्वय भएपछि रंगशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ ।
जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता र राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सक्रिएतामा जग्गा प्राप्तिको विषय अगाडि बढेको हो ।
सम्बन्धित

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया