२८ सय विन्दुबाट ओर्लियो नेप्से

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७४ अङ्कले ओरालो लागेर ४७७ दशमलव ६८ मा सीमित भएको छ । आज कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर रु आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ ।
आजको कारोबारपछि शेयर बजारको कूल पुँजीकरण रु ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ बराबर पुगेको छ । कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन् ।
यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया