बुधबार, मंसिर १०, २०८२

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे दुई लाख नाघ्यो

मेरोन्यूज २०८२ भदौ १३ गते ११:३४

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला २ हजार ३६० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया