आसामविरुद्ध नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौं। नेपाल ‘ए’ ले दोस्रो अभ्यास ट्वान्टी-२० खेलमा जित हासिल गरेकाे छ । घरेलु टोली आसाम प्रदेश क्रिकेट संघविरुद्ध ९६ रनको सहज जित दर्ता गरेको हाे ।
नेपालको जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा नेपाल डेकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १५ रनले पराजित भएको थियो ।
शुक्रबार गुवाहटीमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमै समेटियो ।
आसामका लागि रुहिनन्दन पेगुले १७, शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाए ।
नेपालका लागि युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान एक विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेकाे थियाे ।
नेपालका लागि सन्दीप जोराले ३५, पवन सर्राफ र देव खनालले समान ३१, बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ र आदिल आलम अन्सारीले १४ रन बनाए ।
आसामका लागि आकाश सेनगुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोइले समान एक विकेट लिए ।
शृंखलाको तेस्रो खेल शनिबार हुनेछ ।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया