लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनुहोला प्रधानमन्त्रीज्यू : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् ।
उनले लेखेका छन्– ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’केही समयअघि नेपाललाई थाहा नदिई भारत र चीनले लिपुलेक त्रिदेशीय नाकाबाट पुन: व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए । त्यसपछि पुन: लिपुलेकको विषय चर्चामा आएको हो ।

















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया