ओमोडा एण्ड जेकुद्वारा पोखरामा नयाँ शोरूमको साथ जेकु जे५ सार्वजनिक

पोखरा । पोखरास्थित ओमोडा एण्ड जेकुको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा एण्ड जेकु शोरूमको औपचारिक उद्घाटन गरेको छ । सोरूम उद्घाटनसँगै नयाँ जेकु जे५ को पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको हो। यस अवसरमा गण्डकी प्रदेशमा नयाँ जेकु जे५ पनि सार्वजनिक गरिएको छ। पोखराको शिवचोक–१० मा अवस्थित नयाँ सोरूम ३एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको छ ।
झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको यो सोरूमले ग्राहकहरूलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ, जुन ओमोडा एण्ड जेकुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ। सेवा प्रशिक्षकहरूलाई अनुभवी प्राविधिक तथा प्रतिनिधिहरूद्वारा विशेष प्रशिक्षण दिइएको छ।
नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल छ । जेकु जे५ का प्रमुख विशेषताहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू छन् ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्माननीय मन्त्री विन्दु कुमार थापा, सामाजिक युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेस, कास्की कास्की क्षेत्र नं। ३ का प्रदेश सभाका संसद प्रकाश बरालको उपस्थिती रहेको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशकसन्दीप कुमार शारदा, निर्देशक गौरव शारदा, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र ओमोडाका उत्साही समर्थकहरूको उपस्थिति रहेको थियो।
ईलाइट मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक गोपाल बरालले भने, “पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेकु जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो।”















सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया