आईपीएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षक द्रविडद्वारा पदबाट राजीनामा

इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिएका छन् । टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’ को प्रस्ताव गरिएको भएपनि पूर्व भारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ,“मुख्य प्रशिक्षक राहुल द्रविडले आइपिएल २०२६ अघि ‘फ्रेन्चाइजी’मा आफ्नो कार्यकाल समाप्त गर्नेछन् ।” द्रविड यस वर्षको टी–२० प्रतियोगिताअघि मुख्य प्रशिक्षकको रूपमा टोलीमा आएका थिए तर राजस्थान प्लेअफमा १० टोलीको तालिकामा निराशाजनक नवौं स्थानमा रहेपछि उनको भूमिकाप्रति प्रश्न उठेको थियो।
“राहुल धेरै वर्षदेखि रोयल्सको यात्रामा केन्द्रबिन्दुमा रहँदै आएका थिए,” आइपिएलको सुरूवाती (पहिलो) विजेता राजस्थान रोयल्सले भनेको छ। “उनको नेतृत्वले खेलाडीहरूको एक पुस्तालाई प्रभावित गरेको छ, टोलीभित्र बलियो मूल्यमान्यताहरू निर्माण गरेको छ, र ‘फ्रेन्चाइज’को संस्कृतिमा अमिट छाप छोडेको छ।”
द्रविड पहिलो पटक सन् २०११ मा राजस्थानमा खेलाडीका रूपमा सामेल भएका थिए भने सन् २०१२ र २०१३ मा दुई सिजन राजस्थानको कप्तानी गरेका थिए । उनले २०१४ मा एक टीम निर्देशकको रूपमा सेवा गरे भने त्यसको एक वर्ष पछि संरक्षकको रूपमा सेवा गरेका थिए । सन् २०१२ मा द्रविडले सन्यास लिनुअघि १६४ टेस्ट म्याचमा १३ हजार २८८ रन बनाएका थिए ।
















नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया