पिएसजीकाे लगतार तेस्राे जीत, साे जितमा जोआओ नेभेसको ह्याट्रिक

काठमाडौं। पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार टोलोजविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको टोलोज समान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन नेभेसले ह्याट्रिक गर्दा ओस्माने डेम्बेलेले दुई तथा ब्राडली बार्कोलाले एक गोल थपे । टोलोसका लागि चार्ली क्रेसवेल, यान गबोहो, एलेक्सिस वोसाहले गोल फर्काए ।
खेलकोसातौं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै बार्कोलाले टोलीको अग्रता दोब्बर बनाए ।
नेभेसले १४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ३१औं मिनेटमा डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दा पिएसजी ४-० ले अगाडि बढ्यो ।
क्रेसवेलले ३७औं मिनेटमा टोलोजका लागि पहिलो गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन कासेरेस जुनियर पेनाल्टीमा चुक्दा टोलोजले गोल अन्तर कम गर्ने अवसर गुमाए ।
डेम्बेलेले ५१औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ७८औं मिनेटमा नेभेसले ह्याट्रिक पूरा गरे ।
गबोहोले ८९औं मिनेटमा टोलोजका लागि दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा बोसाहले गोल टोलोजका लागि तेस्रो गोल फर्काए ।

















झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया