नक्कली भुटानी शरणार्थी प्रकरण : अन्तिम सुनवाइ न्यायाधीश कार्कीको इजलासमा

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सयौँ नागरिक ठगिएको प्रकरणको अन्तिम सुनवाइ सुरु भएको हो । ३३ जना प्रतिवादी रहेकाे याे मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ ।
भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रतिवादी बनेका ३३ जनामध्ये २२ जना पक्राउ तथा अदालतमा उपस्थित भइसकेका छन् । जसमध्ये एमालेका सचिव टोपबहादुर रायमाझीसहित ११ जना पुर्पक्षमा कारागारमा छन् । यस्तै कांग्रेस नेता बालकृष्ण खाँणसहित ७ जना धरौटीमा रिहा भएका छन् । चार जना साधारण तारेखमा रिहा भएर जेल बाहिरै छन् ।
यो प्रकरणमा ११ जना अझै फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया