बुधबार, मंसिर १०, २०८२

इन्फिनिक्सले ल्यायो सबैभन्दा पातलो र स्टाइलिश गेमिङ फोन, मूल्य कति ?

मेरोन्यूज २०८२ भदौ १८ गते १५:५३

काठमाडौं । इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ । यस अन्तर्गत दुई दमदार स्मार्टफोनहरू — हट ६० प्रो+ र हट ६० प्रो उपलब्ध छन् । आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक सुविधासहित यी फोनहरूले मिड–रेञ्ज स्मार्टफोनको स्तरलाई नै नयाँ उचाइमा पुर्‍याएको कम्पनीको दाबी छ ।

हट ६० प्रो+ नेपालमा यस सेगमेन्टमै पहिलो सबैभन्दा स्लिम फोन

केवल ५.९५एमएम पातलो र १५५ ग्राम वजन भएको हट ६० प्रो+ अहिले नेपालमै यो श्रेणीको सबैभन्दा स्लिम फोन हो। आकारमा पातलो भए पनि यसमा ५१६० एमएएच क्षमताको ब्याट्री ४५डब्ल्यू फास्टचार्जसहित छ, जसले दिनभर आरामसँग पावर दिने कम्पनीको दाबी छ ।

मुख्य विशेषता:
• 5.95mm अल्ट्रा-स्लिम, 155g हल्का डिजाइन
• 1.5K 144Hz कर्भ्ड AMOLED डिस्प्ले
• MediaTek Helio G200 प्रोसेसर (TÜV 5 वर्ष फ्लुएन्सी)
• 50MP SONY IMX882 क्यामेरा, AI RAW इञ्जिनसहित
• १६GB सम्म RAM (8+8 Extended), 128GB स्टोरेज
• Infinix AI∞ र In-Display Fingerprint
मूल्य: हट ६० प्रो+ (8+128GB) – रु. 26,999/-

हट ६० प्रो – गेमिङका लागि बनेको फोन
हट ६० प्रो 6.6mm स्लिम डिजाइनमा मात्र 170 ग्राम वजनसहित आएको छ। विशेष गरी गेम खेल्ने प्रयोगकर्तालाई ध्यानमा राखी बनाइएको यो फोनमा 144Hz AMOLED डिस्प्ले, 5160mAh ब्याट्री र स्मूथ प्रोसेसिङको सुविधा छ।

मुख्य विशेषता:
6.6mm स्लिम र हल्का डिजाइन (170g)
1.5K 144Hz AMOLED डिस्प्ले (Corning® Gorilla® Glassसहित)
45W फास्टचार्जसहित 5160mAh 5 वर्ष टिक्ने ब्याट्री
गेमिङ र मनोरञ्जनका लागि दमदार प्रदर्शन
8GB + 128GB स्टोरेज विकल्प
मूल्य: हट ६० प्रो (8+128GB) – रु. 20,999/-

उपलब्धता
हट ६० प्रो+ र हट ६० प्रो अब नेपालभर विभिन्न आकर्षक रंगमा पाइन्छन्। प्रिमियम डिजाइन र पावरफुल स्पेसिफिकेसनलाई किफायती मूल्यमा उपलब्ध गराउँदै हट ६० प्रो सिरिज ले यो सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड सेट गरेको छ।

प्रतिक्रिया