नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए।
“हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई विधेयकमा सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयकको आधारभूत तत्व हो”, उनले भने ।
विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ । उनले भने, “संविधानको भावनाबमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुने छैन ।
साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्नेगरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।” विद्यमान सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नुपरेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तान नागरिकताविहीन भइरहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्नसक्ने उनको भनाइ छ ।










चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया