बर्डफ्लुको उच्च जोखिमः सीमाक्षेत्रमा कुखुराजन्य पदार्थ आयातमा राेक

बैतडी । भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए। भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो ।
उनले भने, “सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।” यहाँको भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यमा संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ । बर्डफ्लु कुखुरा र पक्षीको अतिसङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्दछ । बर्डफ्लु सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । बिरामी गम्भीर भएमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिन गइ बिरामीको मृत्युसमेत हुनसक्छ ।














जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया