बुधबार, मंसिर १०, २०८२

आज २०८२ साल भदौ १९ गते बिहीबारको राशिफल

मेरोन्यूज २०८२ भदौ १९ गते ५:५५

काठमाडौं ।आज २०८२ साल भदौ १९ गते बिहीबार। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : सामाजिक आयोजनाहरूमा भाग लिने अवसर मिल्नेछ। साझेदारी व्यापारमा हुनुहुन्छ भने एक्लै निर्णय नलिनुहोला। शुभचिन्तकहरूको साथले नयाँ योजना सफल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

बृष : दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। अरुको कुरा सुन्नु भन्दा स्वाविवेकले निर्णय लिनुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन : राजनीतिक सम्पर्कबाट निजी काम बनाउन सक्नुहुनेछ। यात्रामा आकस्मिक परिवर्तनले आर्थिक नोक्सान ल्याउनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : पारिवारिक विवाद सुल्झ्याउन सकिएला। स्वास्थ्यमा सामान्य सुधार हुनेछ।आफन्हतहरूबाट सोचेजस्तो सहयोग नपाइएला। कार्यक्षेत्रमा नयाँ नयाँ योजनाहरू सफल हुनेछन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह : घरपरिवारमा सुमधुर सम्बन्धकाे स्थिति सिर्हुजना हुनेछ। मित्रहरूको साथमा घुमफिरमा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको साथले कार्य समयमा सम्पादन हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कन्या : सरकारी योजनाको लाभ उठाउन सकिएला। सवारी साधन चलाउँदा हािसयार रहनुहाेस्। नयाँ निर्णय लिनुभन्दा अघि मातापितासँग परामर्श गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

तुला : घरमा पाहुनाकाे आगमनले खुसीको माहौल रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ पाइएला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक : नयाँ कार्य प्रारम्भ गर्नु भन्दा अघि कागजात अवश्य जाँच गर्नुहोस्। ऋण फिर्ता लिने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु : समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ नोकरीको प्रस्ताव आउनेछ। धार्मिक कार्यहरूमा व्यस्तता बढ्नेछ। आफ्नो अनुकूल परिस्थिति बनाउन सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मकर : कार्यक्षेत्रमा भागदौडले शरीरमा थकान महसुस हुनेछ। उच्च अध्ययनको लागि प्रोत्साहन मिल्नेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ :स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ समाचार सुन्न पाइएला। निजी सम्पर्कले व्यावसायिक लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको चर्चा हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मीन :कार्यक्षेत्रमा आजको मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा जुडेर आफ्नो प्रतिभालाई प्रदर्शन गर्न सक्नुहुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया