एनआईसी एशियाका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
मेरोन्यूज
२०८२ भदौ १९ गते १२:२५

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सम्बन्धित









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
कांग्रेसले गरायो आयोगमा दल दर्ता
प्रतिक्रिया