चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताएका छन् ।
राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका कारण मधेस जलसङ्कटको समस्या भोगिरहेको आरोप लगाए । “चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उनले भने, “चुरे विनाशले गर्दा उत्पन्न जलसङ्कट नै त्यसको प्रमुख कारण हो ।”
अन्तरराष्ट्रिय संस्थाहरूले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यसविपरीत सरकारले गलत नीति अख्तियार गरी चुरेको दोहन जारी राख्दा अहिलेको तराई–मधेसमा समयमा वर्षा नहुँदा खेतीको समयमा पानीको अभावमा जमिन सुक्खा भएर सङ्कट उत्पन भएको आरोपसमेत लगाए ।
चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।














Sonam Lhosar being marked today
सवारी दुर्घटनामा परी झापामा २ जनाको मृत्यु
45 days to go HoR polls: Election Code of Conduct comes into effect from last midnight
प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया