नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिए ।
उनका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो । नेपालगञ्जमा छाडा चौपाया सडक दुर्घटनामा पर्दै आएका छन् ।
उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त एम्बुलेन्सको अधिकतम उपयोग गरिने बताउँदै पशुको उद्धार र व्यवस्थापनमा यसले सहज बनाउने विश्वास व्यक्त गरे । एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज बनाउन उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स प्रदान गरिएको बताए ।















एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने
प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा
रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया