एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि भएको छ ।
ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवशेनमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शङ्कर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिए ।
उनका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताउनुभयो । पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् ।
प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साङ्गठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता आबद्ध छन् ।
जारी महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका छन् ।
आज दिउँसोदेखि सुरु भएको एमालेको विधान महाधिवेन जारीे छ ।
















‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया