फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु। यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापरखेतीमा हाल पुनः कृषकहरू आकर्षित भएका हुन् ।
विशेषगरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापरखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् ।
स्थानीय शिक्षक नन्दसिंह रोकायाका अनुसार फापरखेती पहिले जस्तै लोकप्रिय हुन थालेको छ । उनले भने, ‘हाम्रो पुरानो र मुख्य खेती नै फापर हो । अहिले बजारमा चामल र गहुँले ठाउँ लिए पनि फापरखेती फाइदाजनक भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ ।’
वडा नं ९ मुर्मा गाउँकै अर्का कृषक झुपुकला रोकायाले फापरखेतीले आम्दानी दिने सम्भावना बढेको बताए । उनले भने, ‘पहिले फापरलाई गरिबको अन्न भनेर हेपिन्थ्यो । तर अहिले यसको पीठो र परिकार बजारमा महँगोमा बिक्री हुने गर्छ । यसले हामीलाई आत्मनिर्भरतासँगै आयस्रोत वृद्धि गरेको छ ।’
मुगु–रारा पर्यटकीय क्षेत्रमा आउने पर्यटकले स्थानीय उत्पादन खोजी गर्ने भएकाले फापरको माग दिनानुदिन बढ्दो छ । होटल व्यवसायीहरूका अनुसार, पर्यटकले विशेषगरी फापरका ढिँडो, रोटी, लड्डु, तथा विविध परिकार माग गर्छन् । यसले किसानलाई उत्पादन बढाउन थप हौसला मिलेको छ ।
फापरमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, आइरनलगायतका पौष्टिक तत्व हुने बताइन्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगीका लागि फापर उपयुक्त मानिने भएकाले स्थानीय उत्पादनले बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसानहरू बताउँछन् ।
जिल्लाको चिस्यानयुक्त भेगमा सहजै फल्ने यो बालीमा उत्पादन खर्च पनि कम हुने गर्छ । स्थानीय सरकार र कृषि कार्यालयले समेत फापरलाई परम्परागत बाली संरक्षणसँगै आयआर्जनको विकल्पका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएका छन्।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया