शोरुम उद्घाटन अघि नै बुटवलमा १० युनिट प्रोटोन इमास७ ग्राहकलाई हस्तान्तरण

काठमाडाैं । नेपाली बजारमा राम्रो पकड बनाइरहेको प्रोटोनको विद्युतीय कार ‘इमास७’ शोरुम उद्घाटन अघिनै बुटवलमा १० युनिट बिक्री भएको छ । बुटवल–भैरहवाका लागि प्रोटोनको आधिकारिक विक्रेता बालजी ई–अटोमोबाल्सले आफ्नो शोरुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै १० युनिट प्रोटोन इमास७ हस्तान्तरण गरेको हो ।
यस हस्तान्तरणले नेपालभरका ग्राहकबीच इमास७ को लोकप्रियता बढिरहेको पुष्टि गरेको प्रोटोनका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका बरिष्ठ उपाध्यक्ष राजु भेटवालले जानकारी दिए ।
आकर्षक लुक्स र नेपाली बाटो सुहाउँदो विशेषताका कारण ईमास७ नेपालमा सफल बनिरहेको उनको भनाई छ । ‘शोरुम उद्घाटन हुनु अघि नै बुटवलका १० परिवारहरूले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकहरूले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिलाई थप प्रमाणित गर्दछ’ उनले भने ।
शुन्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, उत्कृष्ट वारेन्टी र भरपर्दो सेवा सञ्जालजस्ता आकर्षक अफरहरू सहित प्रोटोनले नेपाली परिवारहरूका लागि ईभीको स्वामित्वलाई अझ सजिलो र भरपर्दो बनाउन लक्ष्य राखेको छ । चीनको अग्रणी ईभी निर्माता जीलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधाहरूलाई एकीकृत गर्दै नेपालका इभी पारखीहरुको उत्तम साथी बनेको छ ।









१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया