बुधबार, मंसिर १०, २०८२

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८२ भदौ २३ गते ११:०८

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया