एकै घरका दिदीबहिनी सगरमाथा चुचुरामा, सरकारद्वारा बधाई

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।
दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) आज बिहान सर्वाेच्च शिखरमा पुग्न सफल भएका हुन् ।
“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, मन्त्री गुरुङले भने, “तीन वर्षभित्र सात वटै महादेशका हिमाल चढेर विश्व रेकर्ड कायम राख्ने उहाँहरुको योजना पूरा होस् ।”
सगरमाथा आरोहणका लागि काठमाडौंँबाट जाने क्रममा यही वैशाख २ गते राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सरकारका प्रवक्ता गुरुङले उनीहरुलाई शुभकामना दिएका थिए ।
आजै सोही गाउँका पेम्बादोर्जे शेर्पाले बिहान ७ बजे २१ औंँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ड्रिमर्स डेष्टिनेशन ट्रेक एण्ड एक्सपिडिशनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाऔँँ’ भन्ने सन्देशका साथ सगरमाथा चढेका हुन् ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया