व्यवसाय गर्न आवश्यक सुरक्षाको व्यवस्था गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका निम्ति आग्रह गरेको छ ।
नवर्निर्माण एवं पुनर्निर्माणका निम्ति आउँदो दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र भएको भन्दै यसलाई सहज रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
महासंघले देशभरको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
युवापुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा गरेको महासंघले जनाएको छ ।
देशको समुन्नतिका निम्ति अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न तयार रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“पछिल्लो घटनाक्रममा कतिपय उद्यमी, व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया