कास्की, चितवन र म्याग्दी कारागारबाट फरार ८ कैदी पक्राउ

ढोरपाटन (बागलुङ) । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ ।
प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।
बालसुधार केन्द्र सराङकोटबाट फरार भएका चार तथा चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट फरार भएका एक्एक जना बन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डे जानकारी दिए । पक्राउ परेकामध्ये अधिकांशलाई मालढुङ्गा चेकपोष्ट र केहीलाई घरबाट नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेका केहीलाई सम्बन्धित कारागारमा पठाएको जनाउँदै प्रहरी नायब उपरीक्षक पाण्डेले केहीलाई बागलुङमा राखिएको बताए। उनका अनुसार पक्राउ परेका चार कैदी र चार जना थुनुवा छन् । उनले भने, “जेनजी प्रदर्शनका क्रममा कारागारबाट धेरै कैदीबन्दी फरार भएका छन्, फरार भएकाहरूलाई बागलुङबाट पनि पक्राउ गरिरहेका छौँ, अहिले पक्राउ परेका आठमध्ये छ जना जबर्जस्ती करणी र दुई जना ज्यान मुद्धाका आरोपी हुन्, निजहरूलाई सम्बन्धित कारगारमा पठाइरहेका छौँ ।”











कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया