सत्यमोहन जोशी १०२ वर्ष पूरा

काठमाडौं । नेपाली वाङ्मयका अविच्छिन्न साधक शताब्दी पुरुष सत्यमोहन जोशी १०२ वर्ष पूरा गरेका छन् । २०७१ मंसिर १५ गते शताब्दी पुरुष सम्मान पाएका जोशी आज बिहिबार १०२ मनाएका छन् । जोशी नेपाली भाषा, साहित्य, संस्कृति, पुराना मुद्रालगायत विषयमा अध्ययन, अनुसन्धान गरेकाले संस्कृतविद् एंव साहित्यकार भनेर पनि चिनिन्छन् ।
सत्यमोहनको जन्म १९७७ वैशाख ३० गते भएको हो । देशकै जिउँदो इतिहास बोकेका जोशीको दीर्घजीवन सिंगो मुलुकका लागि गर्भको कुरा हो । उमेरले १०२ नाघेपनि उनको उत्साह ४५/४६ वर्षको जस्तो देखिन्छ । वृद्धपनको आभासै नहुने गरी उनले दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउँछन् ।
सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रुपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरु पुगेका थिए । भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा समेत योगदान दिएका जोशी वि.सं.२०१३, २०१७ र २०१८ मा गरेर तीन पटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति हुन् ।
उनलाई पुरातत्व विभागका पहिलो निर्देशक बन्ने सौभाग्य पनि प्राप्त भयो । २०१५ सालमा पुरातत्व विभागको निर्देशक हुँदा उनि ३८ वर्षका थिए । २०७७ माघ २० गते राष्ट्रपति बिद्यादेवी भण्डारीले हुलाक टिकटको आवरणमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित १० रुपैयाँको हुलाक टिकट १० लाख थान छापिएको थियो ।
कोरोनाका कारण भएको निशेधाज्ञामा घरभित्र बस्न र खानपानमा ध्यान दिन सबैलाई जोशीले आग्रह गरेका छन् । निशेधाज्ञाका कारण जोशीको घर ललितपुर जान नपाएपनि टेलिफोन तथा विभिन्न सञ्चार माध्यमद्धारा अधिकांशले जोशीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
मेरोन्युजडटकमले पनि जोशीको १०२ औं जन्मदिनको हार्दिक मंगलमय शुभकामना प्रकट गर्दै सुस्वास्थ्यका लागि कामना गर्दछ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया