यूएईले बन्द गर्यो नेपालीका लागी भिजिट भिसा र वर्किङ भिसा

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो।
नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ।
पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई आउने गरेका छन्। दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन्। एक स्थानीय सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेस भएका भिसा अस्वीकार भएको जनाएका छन्।
त्यस्तै, एक वेयर हाउस कम्पनीका पीआरओले २५ जना नेपाली श्रमिकका लागि आवेदन दर्ता गरिए पनि सबै भिसा अस्वीकृत भएको बताएका छन्। यस्तै, एक क्लिनिङ कम्पनीले पनि १२ कामदारको भिसा अस्वीकार भएको जनाएको छ। यूएईको इमिग्रेसनबाट बाहिरी देश( नेपाल) बाट हालिने नयाँ भिसा रोकिएका छन्।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया