यूएईले बन्द गर्यो नेपालीका लागी भिजिट भिसा र वर्किङ भिसा

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो।
नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ।
पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई आउने गरेका छन्। दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन्। एक स्थानीय सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पेस भएका भिसा अस्वीकार भएको जनाएका छन्।
त्यस्तै, एक वेयर हाउस कम्पनीका पीआरओले २५ जना नेपाली श्रमिकका लागि आवेदन दर्ता गरिए पनि सबै भिसा अस्वीकृत भएको बताएका छन्। यस्तै, एक क्लिनिङ कम्पनीले पनि १२ कामदारको भिसा अस्वीकार भएको जनाएको छ। यूएईको इमिग्रेसनबाट बाहिरी देश( नेपाल) बाट हालिने नयाँ भिसा रोकिएका छन्।
















हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
प्रतिक्रिया