‘अप्टिकल फाइबर’ तार चोरी गरेको अभियोगमा पाँच जना पक्राउ
मेरोन्यूज
२०८२ असोज २ गते १५:३९

भद्रपुर (झापा) । यहाँको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय नकलबन्दाको टोलीले तार चोरी गरी लैजादै गरेको शंका लागेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित










३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया