क्याप्टेन थापाको निवासमा ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ । वुढानिलकन्ठमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । अन्नपूर्ण मिडियाका मालिक क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीचमा संवाद भईरहेको छ ।
नेपाल पक्षका चार नेतालाई ओली पक्षले आजै विहान स्थायी कमिटि बैठक बसेर कारवाही फुकुवाको निर्णय लिएको थियो । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ओलीले ६ महिना पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निलम्वन गरेका थिए ।
तर नेपाल पक्षले सामुहिक राजीनामा दिने तयारी गर्न थालेपछि ओली पक्ष लचिलो बनेर नेपाल पक्षमाथी गरिएको कारवाही फुकुवाको निर्णयमा पुगेको हो । कारवाही फुकुवालाई नेपाल पक्षका नेताहरुले सकारातमक भनेपनि अन्य मागका विषयमा पनि ओली तयार हुनुपर्ने अडान कायमै राखेको छ ।
नेपाल पक्षका चार नेतालाई कारवाही फुकुवा गरेपछि ओली र नेपालबीचमा टेलिफोन संवाद भई संवादमा वस्ने सहमति भएको थियो ।
नेपाल आफु निकटका नेताहरुसँगको जुम बैठकमा सहभागी भई ओली भेटन हात्तिगौडा पुगेका हुन् ।
नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने अडान कायमै राखेको छ । ओली र नेपालबीचमा सहमति जुटेमा आजै उक्त कमिटिको बैठक वस्न सक्ने बताईएको छ ।
उहाँहरुबीच हुने छलफल पछि पार्टीभित्रको विवाद समाधानउन्मुख हुने या नुहने भन्ने टुंगो लाग्छ, नेपाल पक्षका नेता युवराज ज्ञवालीले मेरोन्यूजसँगको कुराकानीमा बताए ।

















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
बागलुङमा जीप दुर्घटना हुँदा ७ जना घाइते
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया