आन्दोलनका कारण भएको क्षतिपछि पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडको ऐतिहासिक योगदान

हालै नेपालमा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति पुगेको सर्वविदित तथ्य हो। यस्ता चुनौतीपूर्ण परिस्थितिमा देश पुनर्निर्माणका लागि हातेमालो गर्न ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड अगाडि बढेको छ।
कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको छ। यस निर्णयलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिन सकिन्छ। “हाम्रा संरचना हामी आफैं बनाउँछौं” भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै, कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ।
कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, “यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।”
निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको छ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया