बुधबार, मंसिर १०, २०८२

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८२ असोज ३ गते ११:१४

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया