दशैं-तिहार लक्षित गर्दै ‘टाटा जेन्युइन पार्ट्सको मेला’, बम्पर उपहारमा बजाज पल्सर

काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
संवेदनशील परिस्थितिका कारण केही समय स्थगित गरिएको यस योजना पुनः सुरु गर्दै कम्पनीले ग्राहकलाई विशेष उपहारसहित आकर्षक अफर ल्याएको हो। यस अन्तर्गत टाटा जेन्युइन पार्ट्सको हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ। साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि उपलब्ध हुनेछ।
योजनाअनुसार रु. १ लाखभन्दा बढीको खरिद गर्ने ग्राहकले बम्पर उपहारका रूपमा १५० सिसीको बजाज पल्सर पाउनेछन्। त्यस्तै, रु. ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसीको टिभिएस स्कुटर, रु. २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी र रु. ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन जित्ने अवसर रहनेछ।
सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्त्वपूर्ण अङ्गलाई दीर्घकालीन संरक्षण मात्र गर्दैन, मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने कम्पनीको दाबी छ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया