दशैं-तिहार लक्षित गर्दै ‘टाटा जेन्युइन पार्ट्सको मेला’, बम्पर उपहारमा बजाज पल्सर

काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
संवेदनशील परिस्थितिका कारण केही समय स्थगित गरिएको यस योजना पुनः सुरु गर्दै कम्पनीले ग्राहकलाई विशेष उपहारसहित आकर्षक अफर ल्याएको हो। यस अन्तर्गत टाटा जेन्युइन पार्ट्सको हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ। साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि उपलब्ध हुनेछ।
योजनाअनुसार रु. १ लाखभन्दा बढीको खरिद गर्ने ग्राहकले बम्पर उपहारका रूपमा १५० सिसीको बजाज पल्सर पाउनेछन्। त्यस्तै, रु. ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसीको टिभिएस स्कुटर, रु. २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी र रु. ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन जित्ने अवसर रहनेछ।
सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्त्वपूर्ण अङ्गलाई दीर्घकालीन संरक्षण मात्र गर्दैन, मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने कम्पनीको दाबी छ।









नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया