पत्रकार हुँदै सञ्चारमन्त्री बनेका खरेलकाे जीवनी

काठमाडौँ।जगदीश खरेल सञ्चार क्षेत्रमा चिर परिचित नाम हो । अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेल चर्चित टेलिभिजन प्रस्तोताको रूपमा परिचित छन् । तिनै खरेल हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । उनी जेन्जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका हुन्।
आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गरेका खरेलले आजै सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरे । मन्त्री हुनुअघि खरेल इमेज च्यानल टेलिभिजनका समाचार प्रमुख थिए । उनले उक्त टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘हटसिट’ सञ्चालन गर्दै आएका थिए । शालिनशैलीमा खरो प्रश्न सोध्ने पत्रकार आज आफैँ उत्तर दिने ठाउँमा पुगेका छन् । पत्रकारितामा लामो अनुभव भएका खरेलको जन्म विसं २०३९ साउन २२ गते दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेमा भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका खरेलले अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । स्थानीय कालिनाथ माविबाट प्रवेशीका उतीर्ण खरेलले काठमाडौँ आएर रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गर्नुभयो । विसं २०५६ मा ‘केएटिएच एफएम’ मा काम गरेका छन्। उनी २०५९ असार २९ देखि इमेज च्यानल टेलिभिजनमा आवद्ध भएका हुन् ।
खरेलले निरन्तर इमेज च्यानलमा रेडियोमा कार्यक्रम प्रस्तोता, रिपोर्टिङ, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुख (करिब तीन महिना अगाडि) बने । आफ्नो नीजि कम्पनी मिडिया हेल्पलाइनका (मिडियासम्बन्धी काम गर्ने संस्था)को कार्यकारी निर्देशक खरेल सरसफाइ, विपद् तथा समसामयिक विषयमा ‘टकअफ द टाउन’ कार्यक्रम निर्माता तथा सञ्चालकसमेत थिए।
पत्रकारितामार्फत राजनैतिक तथा अन्य क्षेत्रका उच्च तहका व्यक्तिसँग नजिकको सम्बन्ध राख्नुभएका खरेल आजसम्म पत्रकारिताभन्दा बाहिर नगई निरन्तर यो क्षेत्रमा क्रियाशील रहेका थिए । खरो प्रश्न तर शालिन ढङ्गले सोध्ने, कुनै पनि विषयमा गहन अध्ययनसहित प्रस्तुत हुने स्वभावका कारण पत्रकारितामा उनको छुट्टै छाप छ ।
अब ‘जेनजी’ आन्दोलनपछिको विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा आएका खरेलबाट पत्रकारले मात्रै होइन, आमनागरिकले पनि धेरै आशा राखेका छन् । उनको भूमिका र कार्यकाल अब कस्तो रहला भनेर धेरैले चासोका साथ हेरिरहेका छन् ।
















यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
एमाले अध्यक्ष ओलीले गरे हुलाकी राजमार्गको अवलोकन
साेमबार पनि घट्याे नेप्से, काराेबारमा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया