मंगलबार, मंसिर २, २०८२

नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिऔँ : अखिल पूर्व अध्यक्ष बडाल

मेरोन्यूज २०८२ असोज ७ गते १५:१६

काठमाडौँ। अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिन आग्रह गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत नेपालको शिक्षामा विदेशीको छाया प्रवेश गरेपछि अहिलेको अवस्था सिर्जना भएको भन्दै विदेश छाँया प्रवेश गर्न नदिन आग्रह गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र हटाएपछि ‘अमेरिकन युथ काउन्सिल’ छिरेको उनको भनाई रहेको छ ।

“विगतमा त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह थियो । त्यहीँ हामीले राजनीति सिक्थ्यौं, राष्ट्रिय चेतना बढाउँथ्यौं, तर, आज त्यही ठाउँमा ’अमेरिकन युथ काउन्सिल’ छिरेको छ, ” अनेरास्ववियुका पूर्व अध्यक्ष वडालले लेखेका छन्, “ विश्व बैंकको अनुदानको लोभमा हाम्रै उच्च शिक्षाका विज्ञहरूले आफ्नै विद्यार्थी आन्दोलन (स्ववियु) लाई ध्वस्त पारिदिए । हाम्रा राजनीतिक दलहरू पालैपालो सरकारमा आए, तर कसैले पनि यो विषयमा सोच्न भ्याएनन् । हामीले पनि त्यो कुरा बुझाउन सकेनौं ।”

उनले विदेशी हस्तक्षेप, अदृश्य सेनाजस्तै एनजीओ/आइएनजीओको भेषमा हाम्रो मस्तिष्क कब्जा गर्ने षड्यन्त्र रहेको उल्लेख गर्दै लेखेका छन, “तिनीहरूको एउटै लक्ष्य छ : हाम्रो राष्ट्रिय विचार र हाम्रो चेतना मेटाउनु ।”

प्रतिक्रिया