ऐतिहासिक टी-२० सिरिज : पहिलो खेल आज नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं ।आज नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल हुँदैछ। दुवइस्थित सारजहा क्रिकेट मैदानमा याे खेल साँझ ८:१५ बजे सुरु हुनेछ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै दुवै टिमले सिरिज जित्ने दाबी गरेका छन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन्। सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ। ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भनेका छन्।
नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।














काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया