एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
मेरोन्यूज
२०८२ असोज १३ गते ७:३४

काठमाण्डौ – एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे । भारतका लागि तिलक बर्माले ६९ रन बनाए । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए ।
सम्बन्धित

















उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया