ऐतिहासिक टी-२० सिरिज : दोस्रो खेल आज नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ।
नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ।
पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो।
पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल लगातार जित निकाल्दै एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ। वेस्ट इन्डिजले भने सम्हालिएर प्रदर्शन गर्दै अबको खेल आफ्नो पक्षमा पार्ने लक्ष्य लिएको छ। अघिल्लो खेलमा नेपाललाई कमजोर अनुमान गर्दा पराजित हुनुपरेको वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले स्वीकार गरिसकेका छन्।













पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया