ऐतिहासिक टी-२० सिरिज : दोस्रो खेल आज नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ।
नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ।
पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो।
पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल लगातार जित निकाल्दै एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ। वेस्ट इन्डिजले भने सम्हालिएर प्रदर्शन गर्दै अबको खेल आफ्नो पक्षमा पार्ने लक्ष्य लिएको छ। अघिल्लो खेलमा नेपाललाई कमजोर अनुमान गर्दा पराजित हुनुपरेको वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले स्वीकार गरिसकेका छन्।

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया